दुई सातादेखि सडक अवरुद्ध

Share:

पाल्पा- वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ । विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ ।

मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ । वर्षाले बस्तीदेखि तल रहेको बारीमा पहिरो गएपछि जोखिम बढेको वडासचिव धनकुमारी सारुले बताइन् ।

फोक्सिङकोटको ढुङ्गेमा गएको हप्ता वर्षाले एक पाडी र ११ कुखुरा मरेको थियो । कुखराको खोर र गोठमा भलसहितको पानी पसेपछि जोेखिम बढेको स्थानीय हुमहादुरले शाहीले बताए । वर्षाको भल पसेपछि गोठको गारो झ्याल भत्कने अवस्थामा पुगेको उनले बताए ।

वर्षाले फोक्सिङकोटको लाबेदेखि झोकेदी हुँदै सदरमुकाम तानसेन जाने सडक दुई सातादेखि अवरुद्ध छ । सडक अवरुद्ध हुन पुगेपछि गाउँमा खाद्यान्न अभाव सिर्जना हुन थालेको छ ।

बिरामी, अशक्त, अति आवश्यक कामकाजका लागि अस्पताल तथा गन्तव्यस्थलसम्म पुग्न सडक अवरुद्ध हुँदा समस्या परेको साना हुँगी माविका सहायक प्रधानाध्यापक एवत सारुले बताए ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: