
पर्सा-नक्कली सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड लाइसेन्स) बनाउने एकजनालाइ बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नक्कली स्मार्ट कार्ड लाईसेन्स बनाउने बाराको जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर ७ का ३१ बर्षिय दिपक अर्याललाई पक्राउ गरेको हो।
अर्यालले आफनै टोलका एक दर्जन ब्यक्तिहरुलाई हेभि र लाईट सवारी चालक अनुमति पत्र बनाई दिने भन्दै रकम लिएका थिए। उनले हेभि सवारी चालकसित प्रतिब्यक्ति ५० हजार र लाईट सवारी चालकसित १० हजार रकम लिई नक्कली सवारी चालक अनुमति पत्र स्मार्ट कार्ड बनाउदै आएको प्रहरीले जनाएको छ।
गोप्य सुचनाको आधारमा प्रहरीले अर्याललाई जितपुर बजारबाट पक्राउ गरेको हो।पक्राउ परेको उनको साथबाट प्रहरीले नक्कली सवारी चालक अनुमति पत्र ५ थान,लाइसेन्स लिन बुझाइएको रसिद फारम बरामद गरिएको बारा प्रहरीले जनाएको छ।
नक्कली सवारी लाईसेन्स बनाएको अभियोगमा पक्राउ परेका अर्याल बिरुद्ध लिखत किर्ते मुदा दर्ता गरी अदालतबा ५ दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको बाराका प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।
