
पोखरा । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले देशका दुई मुख्य सहरमा पोखराबाट सिधा उडान गर्ने भएको छ । एयरलाइन्सले भरतपुर र भैरहवाका लागि उडान भर्ने बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
आउँदो साउन १६ गतेबाट एयरलाइन्सले भैरहवाका लागि सिधा उडान सुरु गर्ने एयरलाइन्सका सिनियर प्रबन्धक भिमराज राईले जानकारी दिए। यस्तै भदौ १५ देखि भरतपुरका लागि पोखरबाटै उडान सुरु हुनेछ।
एयरलाइन्सले भदौ १५ गतेबाट माउन्टेन फ्लाइट पनि सुरु गर्ने जनाएको छ । पोखरा विमानस्थलबाट दैनिक ३० मिनटको माउन्टेन फ्लाइट सुरु गर्ने भएको हो ।
यसबाट सो समयवधी भर पर्यटकले माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी जस्ता हिमशृंखलाको दृश्यवलोकन गर्न पाउनेछन् । यतिले अहिले पोखराबाट नेपालगन्जका लागि चार्टड फ्लाइट सुरु गरेको छ ।
एयरलाइन्सले सुरु गर्न लागेको पोखरा भैरहवा उडानका लागि चार हजार तीन सय पचास रुपैयाँ शुल्क तोकिएको छ । पोखरादेखि भरतपुरका लागि तीन हजार आठ सय शुल्क लाग्ने कम्पनीले जनाएको छ। यस्तै माउन्टेन फ्लाइटका लागि आठ हजार लाग्ने बताइएको छ।
यस्तो छ शुल्क::

