
गुजरात । गुजरातमा कार्यरत एक महिला प्रहरीलाई बुधबार टिकटकमा भिडियो बनाएको भन्दै निलम्बन गरिएको छ ।उनले प्रहरी कार्यालयभित्रै बलिउड गीतमा नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
लोक रक्षक दलकी महिला प्रहरी अर्पिता चौधरीले उक्त भिडियो क्लिपमा प्रहरी कार्यालयभित्र नृत्य गरेको देखिन्छ। चौधरीले जुलाई २० मा उक्त भिडियो बनाएकी थिइन् र उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
कमेन्ट गर्नुहोस्
