इलेक्ट्रोनिक फोहोरबाट टोकियो ओलम्पिकको मेडल

Share:

एजेन्सी । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा पदक विजेता खेलाडीले पाउने ‘मेडल’ (तक्मा) सार्वजनिक भएको छ । टोकियोमा आयोजित एक कार्यक्रमबीच बुधबार आयोजकले मेडल सार्वजनिक गरेको हो ।

कार्यक्रममा जापानका प्रधानमन्त्री शिन्जो अबे र अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस वाचले मेडल सार्वजनिक गरेका थिए । जापानले ओलम्पिक आयोजना हुनु एक बर्ष अघि नै मेडल सार्वजनिक गरेको हो । मेडल जुनिची कावानिशीले डिजाइन गरेका हुन् ।

ओलम्पिक मेडल पहिलो पटक पुन: प्रयोगमा ल्याईएको धातुबाट बन्नेछ । यस पटकको मेडल पुराना विधुतीय सामान (इलेक्ट्रोनिक फोहोर) को धातुबाट रिसाइकल गरेर निर्माण गरिने छ ।

उक्त फोहोरबाट सुन, चाँदी र पित्तल जस्ता मूल्यवान धातु निकालेर पदक तयार गरिनेछ । यस मेडल तयार गर्नको लागि जापानले पुराना मोबाइल लगायतका विधुतिय उपकरणहरु संकलन गरिरहेको छ । यस पटकको ओलम्पिकमा पाँच हजार मेडल तयार गरिनेछ ।

कमेन्ट गर्नुहोस्
Share: