नेपाल दूरसञ्‍चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाल नियुक्त

Share:

काठमाडौं- सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले खनाललाई नियुक्त गरेको जानकारी दिएका हुन्।

सरकारले गत माघ २५ गते नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा पुरुषोत्तम खनाललाई नियुक्त गरेको थियो। अध्यक्ष दिगम्बर झाले दिएको राजीनामा स्वीकृत नहुँदासम्म निमित्त अध्यक्षको रूपमा उनलाई जिम्मेवारी दिइएको हो।

कमेन्ट गर्नुहोस्
Share: