
रामेछाप । सेल्फी खिच्ने क्रममा तामाकोशीमा खसेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम मन्थलीमा सेल्फी खिच्ने क्रममा शुक्रबार नदीमा खसेर उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ६ घर भएकी १९ बर्षिया शर्मिला कर्माचार्य रहेकी छिन् । उनी मन्थली नगरपालिका वडा नं २ स्थित कठजोर खोला नजिकैबाट तामाकोशी नदी किनारमा सेल्फी खिच्ने क्रममा खसेर बगेकी थिईन् ।
सेल्फी खिच्ने क्रममा तामाकोशीमा खसेर बगाएकी शर्मिलालाई मन्थली विमानस्थल नजिकबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । उद्धारपछि उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषणा गरियो । उनी घरबाट साथीहरुसंग घुम्नका लागि दोलखा हिँडेकी थिईन् ।
