
कावासोती – गैंडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवद्र्धन ज्ञवालीले आफूले १ वर्षमा तलबबापत प्राप्त गरेको १ लाख २० हजार रुपैयाँ विभिन्न सामाजिक क्षेत्रमा सहयोग गरेका हुन् । वडाध्यक्ष ज्ञवालीले गैंडाकोट–१७ स्थित अमर ज्योति माविलाई ४५ हजार रुपैयाँ बराबरको १ थान कम्प्युटर उपलब्ध गराएका छन् ।
उनले अमरापुरी स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापनाका लागि ४० हजार रुपैयाँ सहयोग गरेका छन् । जनताको करबाट संकलन गरेको रकम जनताकै लागि खर्च गरेको ज्ञवालीले बताए । गत वर्षको तलबसमेत आफूले विभिन्न सामाजिक कार्यमा नै खर्च गरेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
