महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीमा तारामाया थापा

Share:

अबको नारी शिक्षा, अर्थ र राजनिति क्षेत्रमा सक्षम हुनुपर्छ–मन्त्री नरदेवी पुन

पोखरा । महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको शनिबार पोखरामा सम्पन्न आठौं साधारण सभा तथा अधिवेशनबाट तारामाया थापा मगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा इन्द्र कुमारी शर्मा,सचिवमा जमुना शर्मा, सह–सचिवमा केशु भुजेल र कोषाध्यक्षमा विना पुन चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा शारदा खत्री,भिमा पौडेल, इन्दिरा पौडेल, गुनामाया गुरुङ, युमाया पुन, मञ्जु नेपाली, सुमित्रा भण्डारी, प्रभा आचार्य, क्षमता खड्का, प्रमिला श्रेष्ठ÷जोशी, इन्दिरा तिवारी र रवीना श्रेष्ठ चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ गैरसरकारी संस्था (गैसस) महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका सल्लाहकार बिना सिलवालले गरेकी थिइन् भने पृथ्वी नारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख गिता पौडेल, उच्च अदालत बार एसोसियशन कानुन व्यवसायी महिला संघका तर्फबाट मिना रानाभाट, मानव अधिकार कर्मी तथा अधिवक्ता नितु गर्तौला, पत्रकार श्याम कुंवर, गैससका तर्फबाट पदम पहारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले अबको नारी शिक्षा, अर्थ र राजनिति क्षेत्रमा सक्षम हुनु पर्ने बताइन् । “जब सम्म शिक्षा छैन तबसम्म प्रतिबाद गर्न सक्दैन, त्यस्तै जबसम्म पैसा छैन तबसम्म पनि बाटो खुल्ला हुदैन त्यसैले महिलाहरुको आर्थिक सशक्तिकरणमा जोड दिंदै त्यस्तै खाले कार्यक्रम ल्याउछु ।” उनले भने–“हरेक कुरालाई प्रत्यक्ष प्रभाव पार्ने शिक्षा र अर्थ हो, नारी दिदीबहीनीहरु अब पनि अरुको भरमा होइनकी आर्थिक र शैक्षिक हिसाबले सक्षम भएको हेर्न चाहन्छु ।”

हरेक क्षेत्रमा महिलालाई चुनौति रहेको भन्दै अबको नारी हरेक चुनौतिलाई चिर्न सक्ने हुनु पर्नेमा जोड दिइन् । राजनितिमा आफ्नो संघर्षको स्मरण गर्दै राजनिति क्षेत्रमा महिलालाई अन्य क्षेत्र भन्दा धेरै चुनौतिहरु रहेको बताउदै दुःख र चुनौतिहरुका बिच पनि अबका महिलाहरु अगाडी बढ्न सक्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रमका अध्यक्ष जानकी शर्माले हरेक क्षेत्रमा महिलाहरुलाई स्थापित गर्न धेरै संघर्ष गर्नु पर्ने बताइन् । यो संघर्ष सबै नारीको साझा संघर्ष भएको भन्दै हातेमालो गरेर अगाडी बढ्न सबैलाई आग्रह गरिन् ।

कमेन्ट गर्नुहोस्
Share: