
पोखरा । लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपाल (डिक्यान) ले ३७ औं बिपी स्मृति दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
संघले पोखराको लामाचौरस्थित शैलजा आचार्य स्मृति फाउन्डेसनको परिसरमा आईतबार वृक्षारोपण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि कास्की कांग्रेसका पूर्व सभापति शोभियत अधिकारीले लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपाल (डिक्यान) ले पोखरा शैलजा आचार्य स्मृति प्रतिष्ठानमा वृक्षारोपण गरेकोमा खुशी व्यक्त गरे।
उनले वृक्षारोपण गरेर समय-समयमा मलजल र गोडमेल गरेर रोपिएका बिरुवाहरुलाई हुर्काउन सके मात्र देशभर गरिएका वृक्षारोपणको सार्थकता हुने बताए।
कार्यक्रममा अध्यक्ष पदम भट्टराईले डिक्यानको बारेमा प्रकाश पार्दै नियमित गरिने कार्यक्रम अन्तर्गत पोखरामा गरिएको यो वृक्षारोपण महत्वपूर्ण हुनुका साथै ३७ औं बिपी स्मृतिको अवसर पारेर कार्यक्रम गरिएको जानकारी गराए।
सो वृक्षरोपण कार्यक्रममा कांग्रेसका युवा नेता एवम् तरुण दलका पूर्व केन्द्रिय सदस्य ऋषि काफ्ले, क्षेत्रीय सभापतिहरु शोभा चन्द्र बराल, दुर्गा तिमिल्सिना, तरुण दलका नेता मिलन तिवारीसहित डिक्यानका केन्द्रीय एवम् पोखराका सदस्यहरु उपस्तिथ थिए ।
काठमाडौबाट अध्यक्ष सहित कोषाध्यक्ष शिवराम फुयाल सदस्यहरु सुबर्ण बस्नेत, विमलमान राजभण्डारी, सम्राट बिक्रम शाहलगायत कास्की डिक्यानका सदस्यहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।
परिसरमा आँँप, असोका आदिका झण्डै ४० बिरुवा रोपिएको संघका अध्यक्ष भट्टराईले जानकारी दिए ।
