गैरकानूनी कार्यमा संलग्न दुई पाकिस्तानी नागरिक पक्राउ

323
0
Share:

काठमाडौं– नेपालमा अवैधानिक गतिविधिमा संलग्न रहेका २ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाकिस्तानी नागरिक सोहेल फिरोज र खासिफ पर्वेज छन् । उनीहरुलाई अहिले अध्यागमन विभागको हिरासतमा राखिएको जनाइएको छ ।

अध्यागमन विभाग स्रोतका अनुसार उनीहरुलाई अहिले पाकिस्तान डिपोर्ट गर्ने तयारी भइरहेको छ ।अध्यागमन विभागले गुपचुप रुपमा उनीहरुलाई पाकिस्तान डिपोर्ट गर्ने तयारी गरेको हो ।

पक्राउ परेका पाकिस्तानी नागरिकहरु नेपालमा कस्तो प्रकारको गैरकानूनी कार्यमा संलग्न थिए भन्ने विषय खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्
Share: