गुल्मीमा ज्वाइँले गरे जेठानको हत्या

579
0
Share:

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–३ तोलादिको नौघाटमा खेतमा पानी लगाउने विषयमा झगडा हुँदा ज्वाइँले जेठानको हत्या गरेका छन् ।

स्थानिय ४५ वर्षीय लक्ष्मण कुमालले आफ्नै जेठान ४९ वर्षीय मतिलाल कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।प्रहरीका अनुसार जेठानको हत्या गरेपछि कुमाल आफैँ प्रहरी चौकीमा गएर आफूले हत्या गरेको जानकारी गराएका थिए ।

पानीको विवादका क्रममा झडप हुँदा हत्या भएको भनिए पनि हत्याको कारण अरु नै हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: