
पर्वत–पर्वतमा एक जनप्रतिनिधि बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली छन् ।
साउन ६ गते सोही स्थानमा बसोबास गर्ने ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको पीडित परिवारको उजुरीपछि पराजुलीलाई मङ्गलबार गाउँबाटै पक्राउ गरिएको थियाे ।
उक्त घटना यसअघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भए पनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको हाे ।आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन् ।
