
बागलुङ- मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई कारवाही पश्चात सफलता प्राप्त गरेको नेपाल प्रहरीलाई फेरि लागु पदार्थ सेवन (लापसे)को चुनौती थपिएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउनेलाई प्रहरीले कारवाही गरेपछि सवारी चलाउने सङ्ख्यामा ह्वात्तै कमी आए पनि पछिल्लो समय लागु पर्दाथ सेवन (लापसे) गरेर सवारीसाधन चलाउने बढ्न थालेपछि बागलुङ जिल्लामै पहिलोपटक लापसे परीक्षण गरिने भएको हो ।
सवारी चालकहरुले शरीरलाई लठ्ठ बनाउनका लागि मादक पदार्थको ठाउँमा लागु पदार्थ सेवन गर्न थालेको जनगुनासो बढ्न थालपछि जिल्ला प्रहरी कार्यालय बागलुङले लापासे जाँच गर्ने किट भित्र्याएको छ । जिल्लामा लापसे जाँच गर्ने किट भित्रिएसँगै सवारी चालकहरु मात्र होइन, अभिभावकले आफ्ना छोराछोरीले लागुपदार्थ सेवन गरे/नगरेको घरमै जाँच्न सक्ने भएका छन् ।
