
हुम्ला । हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ। बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नम्बर ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको मृत्यु हो।
टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइएको थियो। तर, स्वास्थ्य चौकीमा उपकरण नहुँदा सुत्केरीलाई बचाउन नसकिएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले बताए।
मृतक टमटालाई बुधबार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा पु¥याइएको थियो। तर, बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको हो।
कमेन्ट गर्नुहोस्
