
अमेरिका । अमेरिकाको टेक्सस स्थित एक सपिङ मलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ। साथै सो घटनामा २६ जना घाइते भएकोे छ।
टेक्सासको एल पासो क्षेत्रमा अवस्थित सिलो भिस्टा मलमा गोलाबारी भएको हो। गोलाबारी भएको क्षेत्र अमेरिका र मेक्सिकोको सीमाबाट केही माइलमात्र टाढा रहेको बताइएको छ।
घटना संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। गोलाबारीमा उक्त व्यक्तिको संलग्न रहेको प्रहरीको दाबी छ । अमेरिकी सञ्चार माध्यमहरूका अनुसार २१ वर्षीय प्याट्रिक क्रुसियसलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्थानीय समय अनुसार शनिबार बिहान १० बजे (नेपाली समय अनुसार राति पौने १० बजे) घटना भएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
