
ग्लोबल टी–२० को डेब्यू खेलमा नेपाली बलर सोमपाल कामी र सन्दीप लामिछाने महंगाे सावित भएका छन् । सन्दीपले अफ्नो स्पेलमा ४४ रन खर्चेर १ विकेट लिए भने साेमपालले एक विकेट पनि लिन सकेनन् ।
पाँचौं ओभरमा बलिङको जिम्मा पाएका सन्दीपले आफ्नो पहिलो ओभरमा नै २ छक्कासहित २४ रन खाए । उनीविरुद्ध स्कटल्यान्डका जर्ज मुन्सेले ५ बाउन्ड्री प्रहार गरे । आफ्नो दोस्रो ओभरमा सानदार पुनरागमन गरी सन्दीपले ३ रन खर्चेर १ विकेट पनि लिए ।
इनिङको आठौं ओभरको चौथो बलमा सन्दीपले १६ बलमा २८ रन बनाएर खेलिरहेका कोनिल मुनरोलाई मिचेल म्याक्लनघानको हातबाट आउट गराए । आफ्नो तेस्रो ओभरमा १ चौकासहित ७ रन खर्चिए भने चाैंथाे ओभरमा ११ रन खर्चिए ।
यस्तै इडमन्टन रोयल्स विरुद्धको खेलमा दुई ओभर बलिङ गरेको सोमपालको स्पेल निकै महंगो बन्यो । १०औं ओभरमा बलिङ गरेका सोमपालले १५ रन दिए । उनले एउटा छक्का खाएका थिए भने तीनवटा बल वाइड फाले । त्यसपछि १६औं ओभरमा सोमपाल १८ रन खान पुगे ।
उनीहरूको सपोर्टका लागि क्यानडामा रहेका केहि नेपाली समर्थक रंगशालामा पुगेका थिए ।
