बागलुङको पहिरोपीडित परिवारलाई ६ लाख सहयोग

Share:

गलकोट । बागलुङको गलकोट नगरपालिका–८ काँडेबासस्थित पहिरोपीडित एक परिवारलाई काँडेवास सेवा समाज जापानद्वारा ६ लाख १२ हजार रूपैयाँ सहयोग प्रदान गरिएको छ ।

गत साउन ७ गते अविरल वर्षाका कारण गोठ बगाउँदा गोठमा भैँसी दुहुदै गरेकी सीता गौतमको मृत्यु भएको थियो ।

गौतमसँगै दुई भैँसी तथा एक बाख्रालाई समेत पहिरोले बगाएको थियो । आर्थिक अवस्था कमजोर भएको परिवारलाई राहतस्वरुप सहयोग रकम सङ्कलन गरी प्रदान गरिएको हो ।

गौतम परिवारको पहिरोका कारण गोठ पुरेको छ भने घर पहिरोको उच्च जोखिममा परेका कारण घर स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको छ ।

आर्थिक अवस्था कमजोर भएको परिवार पहिरोकै कारण स्तानान्तरण हुनुपर्ने अवस्था सिर्जन भएकाले सहयोग अभियान सञ्चालन गरिएको काँडेवास सेवा समाज जापानले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: