प्रहरी हिरासतबाटै भागे थुनुवा

314
0
Share:

सुरुङ्गा – लागूऔषधसहित पक्राउ परेका १ व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । झापाको अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शंकर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् ।

बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याएको थियो ।

बिर्तामोडस्थित कनकाई अस्पताल पुर्‍याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: