पहिराेले मध्यपहाडी लोकमार्गकाे गलकाेट खण्ड अवरुद्ध

Share:

बागलुङ – पहिराेले मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकामदेखि गलकोट खरबाङ जोड्ने सडक अवरुद्ध भएको छ । बिहान ५ बजे रिघा फेदीमा खसेकाे पहिराेले सडक अवरुद्ध भएको हाे ।

सडक अवरुद्ध भएपछि काठमाण्डौ बुटवल, पाल्पा, बागलुङ तिरबाट जाने र खर्वाङ तिरबाट आउने सवारी साधन बीचमै रोकिएका छन् ।

सोमबार मात्रै अबिरल वर्षासँगै बडीगाड खोलामा आएको बाढीले बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको दोसाँधमा रहेको तुरतुरे ताल फुटेपछि करिब २ सय मिटर मध्यपहाडी लोकमार्ग बगाएको थियो ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: