विप्लव नेकपाका तीन नेता पक्राउ

262
0
Share:

काठमाडौं- प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका केन्द्रीय सदस्यसहित तीन नेतालाई  पक्राउ गरेको छ। काठमाडौंको गौशालाबाट सोमबार उनीहरुलाई समातिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोली जनाएको छ।

स्रोतका अनुसार पक्राउ पर्नेमा डम्बरबहादुर विक, मकर गुरुङ र उमा गुरुङ रहेका छन्। उनीहरु मध्ये डम्बरबहादुर केन्द्रीय सदस्य हुन् भने मकर वैकल्पिक केन्द्रीय सदस्य हुन्।

कमेन्ट गर्नुहोस्
Share: