सेन्टजेभियर्स कलेज अगाडि सकेट बम फेला

292
0
Share:

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा सकेट बम फेला परेको छ। बुधबार बिहानै माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको हो ।

सकेट बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ। बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: