नेपाल वायुसेवा निगमलाई सुर्धान समिति गठन

239
0
Share:

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमलाई सुधार्न ‘निगम सुधार समिति’ गठन गरेका छन् ।

मन्त्री भट्टराईले निगमको समग्र सुधारका उपायहरु पहिल्याउन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिए ।

समितिमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, क्याप्टेन सुधीरशम्शेर राई र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यदेश पाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: