
पोखरा। पोखरा महानगरपालिकाले किसानलाई ब्यवसायीक बनाउने उदेस्यले वडा नं १९ र वाड नं २८ लाई ब्यवसायिक बाख्रापालनको पकट क्षेत्रका रुपमा विकास गर्ने भएको छ ।
कृर्षि पेशा तर्फ किसानलाई आकर्षण गर्दै निर्भाहामुखि कृषि पेशालाई ब्यवसायीक बनाउने उदेस्यले महानगरपालिकाले वडा नं २८ को कालिका र वडा नं १९ को लामाचौरलाई बाख्र्रापालनको पकट क्षेत्र घोषणा गरि किसान प्रत्साहानका लागि राहत रकम वितरण गरेको हो ।
यसैक्रममा बुधवार एक कार्यक्रमको आयोजना गरि वडा नं २८ का ५० जना बाख्रापालक कृर्षकहरुलाई अनुदानको ४० हजार रकम वितरण गरि ब्यवसायिक बाख्रापालक कृषक बन्न प्रत्साहान गरिएको हो ।
कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्थानिय स्रोत र साधनको भरपुर मात्रमा प्रयोग गरि खेर गईरहेका वाझो जमिनको प्रयोग गरि ब्यबसायिक बाख्रापालक किसान बन्न आग्रह गर्दै प्रमुख जिसीले तपाईहरुले उत्पादन गर्नोस बजारीकरणको ब्यवस्था महानगरपालिले गर्ने सुझाव दिएका थिए ।
जनताले तिरेको करबाट नै अनुदान रकम वितरण गरेको प्रशंग उठाउदै प्रमुख जिसीले जनताले तिरेको कर जनातामा नै फिर्त गर्ने योजना मुताविक नै यो कार्यक्रम लागु भएको हुदाँ अनुदान रकमको उचित रुपमा प्रयोग गरि तत्पादन बढाउने तर्फ अग्रसर हुन किसानहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा वडा नं २८ का वडाअध्यक्ष निर्मल दियालीले यस क्षेत्रका जनताको आय आर्जनमा सहयोग पुग्ने गरि आएको योजनाको उचित रुपमा प्रयोग गरि परिमाण देखिने गरि मेहनताका साथ अगाडी वढ्न आग्रह गरेका थिए ।


