त्रिशूली नदीमा बस खस्यो; ४ जनाको मृत्यु, १४ जना घाइते

Share:

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशूली नदीमामा बस खस्दा ४ जनाको मृत्यु भएको छ । १४ जना घाएते भएका छन् । सर्लाहीको मलंगवाबाट काठमाण्डौको लागि छुटेको ना ६ख७४६९ नम्बरको बस आज (शुक्रबार) विहान सवा ३ बजे त्रिशूली नदीमा खसेको हो ।

प्रहरीका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको छ । घाइतेहरुलाई मलेखु सामुदायिक अस्पताल र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा धेरै रहेको अनुमान गरिएको छ ।

बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । अहिले सेना र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: