त्रिशूलीनदीमा महिला र बालकको शव भेटियो

Share:

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूलीनदीमा एक महिला र बालकको शव फेला परेको छ ।

नदीकिनारमा शुक्रबार अन्दाजी २५र२६ वर्षीया महिला र छरसातवर्षको बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत फेला परेका महिला र बालकको नाम र ठेगानाखुल्न सकेको छैन । नदीकिनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: