
काठमाण्डाै – नेपालमा क्रिकेटको आधिकारिक निकाय पुन:स्थापना गर्नका लागि आईसीसीले दिएको रोडम्यापअनुसार एकपछि अर्को रुपमा नेपाल क्रिकेट संघ(क्यान) को मातहतमा रहेका जिल्ला संघहरुको चुनाव भइरहेको छ ।
यस्तैमा ३९ मध्ये ३८ जिल्लाको चुनाव सम्पन्न भएको छ । आईसीसीले गठन गरेको स्वतन्त्र समितिको निर्देशनअनुसार नै यतिबेला विवादित बनेका केही जिल्ला संघहरुको चुनाव सम्पन्न भएको छ ।
जसमध्ये केही जिल्लामा पुरानै अनुहार देखिएका छन भने केहीमा नयाँ अनुहार आएका छन । अब जिल्ला स्तरमा चुनाव हुन बाँकी काठमाण्डौ मात्र रहेको छ । यसका साथै प्रदेशस्तरीय चुनावको काम पनि अगाडि बढिसकेको छ ।
कमेन्ट गर्नुहोस्
