
तनहुँ। बिक्रम संवत अठार सयमा पानीमाथि निर्मित तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही मन्दिर जाने बाटोको कालोपत्रे २ हप्ता नबित्दै भत्किएको छ।चार किलोमिटर सडक खण्डमा तीन तहको सरकारको लगानी रहेको बहुचर्चित छाब्दीमार्गमा कालोपत्रे गर्ने काम शुरु भएदेखि तनहुँका प्रमुख दलका नेताहरुले आफ्नै कारणले कालोपत्रे भएको भन्दै अभिव्यक्ति दिइरहेको बेला कालोपत्रे गरेको दुइ हप्ता नपुग्दै बाटो भत्किएको हो।
असारको अन्तिम हप्तादेखि अविरल झरीसंगै छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रे गर्न शुरु भएको थियो।उक्त मार्गमा पहिलो चरणमा ब्यास नगरपालिका–१ स्थित कुन्छाली गाउँदेखि ब्यास नगरपालिका–१२ भड्खाला सम्मको ८ सय मिटरबाटोमा कालोपत्रे गरिएको थियो।कुन्छालीगाउँदेखि भड्खालासम्म पहिलो सडकमा सङ्घीय सरकारको एक करोड बजेट,भड्खालादेखि गौडापहरासम्म दोस्रो खण्डमाब्यास नगरपालिकाको दुई करोड र गौडापहरादेखि छाब्दी मन्दिरसम्मको तेस्रो खण्डमा प्रदेश सरकारको एक करोड बजेटबाट कालोपत्रे शुरु गरिएको थियो।सङ्घ र प्रदेशको बजेटबाट कालोपत्र हुने सडकको ठेक्का डायमण्ड कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको थियो।
तेस्तै ब्यास नगरपालिकाको ठेक्का जिएस कन्स्ट्रक्सन प्राली दमौलीले पाएको थियो।उक्त सडक कालोपत्रे नहुँदा वर्षामा हिलो र हिउँदमा धुलोले आत्त्तिएक छाब्दिबासी तेस्रो खण्डमा प्रदेश सरकारको एक करोड बजेटबाट गरिएको कालोपत्रे २ हप्त्तामै उक्किन थालेपछि निराश भएका छन्।
