
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार पूरा गरेर स्वदेश फर्किएका छन् । सिंगापुरमा स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री ओली थाई एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका हुन् ।
शुक्रवार नै फर्किने कार्यतालिका अनुसार सिंगापुर गएका ओलीको स्वास्थ्य जाँचको रिपोर्ट नआएको भन्दै स्वदेश फर्किने कार्यक्रम सारिएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे प्रतिक्रिया दिएनन् । विमानस्थलमा ओलीलाई स्वागत गर्न नेकपाका नेता कार्यकर्ता, सांसद पुगेका थिए ।
कमेन्ट गर्नुहोस्
