पहिरोले सडक भाँसिदा यातायात ठप्प

1140
0
Share:

बाजुरा – साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडकनै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो।

शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनौँ स्थानमा पहिरो जाँदा सो सडक अवरुद्ध भएपछि बाजुरावासी प्रभावित भएका छन् ।

गत वर्ष मात्र कालोपत्रको काम सकिएर सो सडक नियमित सञ्चालनमा आएको थियो । कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । यो वर्ष पनि दुई पटक अवरुद्ध बनिसकेको छ । रासस 

File Photo

कमेन्ट गर्नुहोस्
Share: