बागलुङमा बजार अनुगमनका क्रममा भेटिए म्याद नाघेका सामग्री

Share:

बागलुङ । बागलुङमा बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामग्री फेला परेका छन् । बागलुङ नगर अनुगमन समितिले बागलुङ बजार अनुगमन गर्ने क्रममा त्यस्ता सामाग्री फेला पारेको हो। बागलुङ बजारकाे पुरानो बसपार्क तथा ट्राफिक चोक क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका सामग्री भेटिएका हुन्।

चक्लेट, भुजिया, कुरकुरे, पेय पदार्थ, तेल जस्ता म्याद नागेका खाद्यान्न फेला परेको अनुगमन समितिले जनाएको छ । म्याद नागेका त्यस्ता खाद्यान्न जफत गरी व्यापारीहरुलाई चेतावनी दिइएको समेत समितिले जानकारी दिएको छ।

जफत गरिएको समान मालुढुंगास्थित डम्पिङसाइट नजिकै लगेर नष्ट गरिएको छ । समितिले अनुगमनको क्रममा मूल्यसूचि नराख्ने पसलेलाई मूल्यसूचि राख्न समेत निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: