पोखरामा आगामी भाद्र १० र ११ गते मिडिया कप फुटसल प्रतियोगिता हुने

Share:

पोखरा। पोखरामा आगामी भाद्र १० र ११ गते मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । जक्शन डटकम तथा सिक्सटिन प्रोडक्सनको सहकार्यमा हुने उक्त प्रतियोगिताको विषयमा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

पोखराको गणेशटोलमा रहको स्पोर्टस् क्यासलमा हुने प्रतियोगितामा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार, प्रस्तोता, सम्पादक, क्यामरापर्सन लगाएतले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भाग लिनका लागि रेडियोको हकमा न्युज रिर्पोटर, रिडर, टेक्निसियन, कार्यक्रम प्रस्तोता, पत्रिकाको हकमा रिर्पोटर, फोटो पत्रकार तथा सम्पादकले भाग लिन पाउने छन् भने अनलाइनको हकमा रिर्पोटर, फोटोग्राफर, भिडियो रिर्पोटर तथा सम्पादन र प्रोडक्सन हाउसको हकमा फोटोग्राफर, भिडियोग्राफर, भिडियो सम्पादक तथा निर्देशकहरुलाई मात्र सहभागी गराउन पाउने जक्शन डटकमका अरुण गिरीले जानकारी दिए ।

यस्तै गरी पोखराका महिला पत्रकार तथा नेपालका चर्चित नायिकाहरुका बीचमा समेत मैत्रीपुर्ण फुटसल प्रतियोगिताको आयोजना गरिने भएको आयोजकले जनाएको छ । प्रत्येक टिममा ६ जना खेलाडी, २ जना वैकल्पिक खेलाडी, एक जना टिम कोच तथा एक जना टिम म्यानेजर सहित १० जना हुनुपर्नेे छ । खेलका लागि टिम दर्ता गराउन ५ हजार रुपैयाँ सहित सबै खेलाडीको नाम, कार्यरत संस्था र पद खुल्ने परिचयपत्रको प्रतिलिपी समेत बुझाउनुपर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार तथा दोस्रो हुने टिमलाई २५ हजार सहित ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई नगद ५ हजार तथा सर्वा्धिक गोलकर्ता र गोलरक्षकलाई नगद ३ हजार पुरस्कार स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ । साथै सम्पूर्ण खेलहरु नकआउटका आधारमा खेलाइने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: