
काठमाण्डौ – देशका धेरैजसो ठाउँमा बुधबार दिनभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागका केही ठाउँमा ठूलो वर्षा हुने र चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार राति पनि देशका धेरैजसो ठाउँमा सामान्य बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्हरुको पूर्वानुमान छ ।
कम पानी परेकाले केही दिनयता देशभर गर्मी बढेको हो । तर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले थोरै ठाउँमा ठूलो र केही ठाउँमा हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
