फेरी बढ्याे सुन चाँदीको मूल्य

478
0
Share:

काठमाडौँ –नेपालमा सुनकाे मूल्य फेरी बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सात सय रुपैयाँले घटेको छापावाला सुनको मूल्य बिहीबार तोलामा १२ सय रुपैयाँले बढेर ७१ हजार पाँच सय पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर ७० हजार १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: