जुवा खेलिहेको अवस्थामा ११ जुवाडे पक्राउ

244
0
Share:

काठमाडौं– राजधानी काठमाडौंका विभिन्न ठाउँबाट ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीको टोलीले काठमाडौंका भिन्न २ ठाउँबाट ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

काठमाडौंको गोकेश्वर नगरपालिका–५ जोरपाटीस्थित मिना लामाको खाजा घरमा जुवा खेलिहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १९ हजार १ सय ५० र १ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–६ बौद्धबाट ५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट २ हजार ७ सय ९० रुपैयाँ नगद बरामद भएको पनि प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: