पोखराका सेन्ट फ्रान्सिस स्कूलको क्यान्टिनमा आगलागी, १५ लाख बराबरको क्षति

1227
0
Share:

सञ्जय रानाभाट । पोखरा १४ छिनेडाँडा मनकामना मार्ग स्थित सेन्ट फ्रान्सिस स्कुलको क्यान्टिनमा बुधबार मध्यान्ह आगलागी भएको छ । ग्याँस लिक् भएर लागेको आगलागीबाट १५ लाख बराबरको क्षति भएको कास्की प्रहरीले जनाएको छ ।

क्यान्टिन र स्कुल भवन नजोडिएको कारण ठूलो क्षति हुन पाएन । केही कुर्सी मात्र निकाल्न सकिएको थियो । मध्यान्ह १२ः२५ बजे लागेको आगो १२ः५४ बजे नियन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

किचन, डाइनिङ हलमा लागेको आगोले किचनको सामान, फर्निचर, कुकर, सिलिण्डर जलेको थियो । मानवयि क्षति भएको छैन । घटनाबारे जानकारी हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी निरीक्षक दीपक केसीको नेतृत्वमा टोली पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: