
एजेन्सी। युनियन अफ युरोपियन फुटबल एसोसिएसन (युईएफए) वर्ष पुरुष खेलाडीको अन्तिम मनोनयन सार्वजनिक भएको छ । यूईएफले सार्वजनिक गरेको अन्तिम ३ खेलाडीको सूचीमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लिभरपुलका स्टार खेलाडी भर्जिल भान जिक परेका छन् ।
वर्ष खेलाडीका लागि पुन: एकपटक मेस्सी र रोनाल्डोबीच प्रतिस्पर्धा हुँदैछ तर, यी दुई स्टार खेलाडीको बीचमा भर्जिल भान जिकले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पार्न सक्ने आकलन पनि गर्न थालिएको छ।
यूईएफएले अब ३ खेलाडीबाट १ खेलाडीलाई अगष्ट २९ मा यो अवार्ड प्रदान गर्नेछ ।
कमेन्ट गर्नुहोस्
