
हेमजा । हेमजा नेवा खल पोखरा २५ को आयोजनामा आज हेमजामा पनि गाई जात्रा निकालिएको छ । पोखरा २५ हेमजा लामाचौतारा स्थित भीमसेन मन्दिरबाट निकालिएको जात्रा, पोखरा बाग्लुड्ड राजमार्ग हुदैँ, हनुमानचोक पुन तिब्यतियन क्याम्प हुदै याम्दीसम्म जात्रा देखाइएको छ ।
हेमजा नेवा खलले गाईजात्राका साथमा तायमचा नृत्य समेत प्रस्तुत गरेको छ। गत शाल मृत्यु भएका नेवारी समुदायका स्व. निकिता श्रेष्ठ, लगाएत ६ जनामृत आत्माको स्मृति तथा पितृकार्यको लागि गाईजात्रा निकालिएको हो ।
नेवार समुदायमा मृतु भएका व्यक्तिहरुको सम्झनामा पितृ कार्य गर्ने आफनो पूर्खा देखि कै परम्परागत संस्कृति भएकाले केही बष अगाडीबाट गाईजात्रा सुरु गरिएको हेमजा नेवा खलका कोषाध्यक्ष सुरेन्द्र श्रेष्ठले हामीलाइ जानकारी दिए ।
हेमजामा निकालिएको जात्रामा नेवारी समृुदायका झण्डै १ सय परिवार र अन्य जाति वर्ग विशेषका पनि जात्रामा सहभागी भएका थिए। नेवारी समुदायमा गाईजात्राको दिन आज विशेष गरीकन मृत्यु भएका व्यक्तिको परिवारजन बाट पितृको सम्झनामा डोको , पराल, निगालो बाँस, चौरीका पुच्छर कपडाहरु विभिन्न सामाग्रीहरुको प्रयोग बाट गाई बनाइ जात्रा निकाल्ने परम्परा पुर्खाै देखि निरन्तर रुपमा चलिरहेको परम्परा तथा संस्कार हो ।
