रविको समर्थनमा प्रदर्शन

328
0
Share:

काठमाडौँ- न्युज २४का कार्यक्रम सञ्चालक रवि लामिछानेका समर्थकहरुले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरुले लामिछानेलाई अनुसन्धानका नाममा फसाउन खोजेको भन्दै निस्पक्ष अनुसन्धानको माग गरेका छन्।

माइतीघर मण्डालामा जम्मा भएका प्रदर्शनकारीहरुले चितवनका एसपी दानबहादुर मल्लको बर्खास्तीको माग पनि गरेका छन् । एसपी मल्लले आफुलाई प्राप्त भिडियोमाथि अनुसन्धान गर्नुको सट्टा मिडियालाई दिएर गलत गरेको भन्दै मल्लको बर्खास्तीको माग गरेका हुन् ।

चितवनमा आज पनि बिहानैदेखि प्रदर्शन भएको थियो। प्रदर्शनकारीले प्रहरीको भ्यान तोडफोड गरेपछि झडप समेत भएको थियो । लामिछानेका समर्थक र प्रहरीबीच हिजो पनि झडप भएको थियो।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र आस्मिता कार्कीलाई पक्राउ गरेको थियो । जिल्ला अदालतले पाँच दिनको म्याद थप्दै उनीहरुमाथि अनुसन्धान गरिरहेको छ

कमेन्ट गर्नुहोस्
Share: