पोखरामा एक बृद्ध मृत फेला

Share:

पोखरा । पोखरामा एक बृद्ध मृत फेला परेका छन्। पोखरा महानगरपालिका–१३ स्थित दुई कुलाको मुहान भन्ने स्थानमा शनिबार मध्यान्ह करिव १२ बजेको समयमा साविक लेखनाथका ७२ बर्षीय कुलदिप सापकोटा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । शुक्रबार घरबाट हिडेका सापकोटा शनिबार मृत अवस्थामा भेटिएका हुन्।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: