
एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटी टोटेनहमसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा सिटीले बराबरी खेलेको हो । सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । टोटेनहमका एरिक लामेला र लुकास मौराले एक एक गोल गरे ।
यो बराबरीसँगै सिटीले २ खेलबाट ४ अंक जोडेको छ । सिटी लिगको तेस्रो स्थानमा रहेको छ ।टोटेनहमको पनि २ खेलबाट ४ अंक रहेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ ।
कमेन्ट गर्नुहोस्
