गुल्मीमा अनिश्चितकालीन शैक्षिक हड्तालका कारण शैक्षिक संस्था बन्द

Share:

गुल्मी – शैक्षिक हडतालका कारण गुल्मीका सबै शैक्षिक संस्थाहरु बन्द भएका छन् । विप्लव नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी गुल्मीले आइतबारदेखि अनिश्चितकालीन हड्तालको घोषणा गरेको हो ।

पक्राउ परेको आफ्ना नेताको विरोधमा रिहाइको माग गर्दै संगठनले गुल्मीमा अनिश्चितकालीन शैक्षिक हड्ताल गरेका हो । विप्लव नेतृत्वको विद्यार्थी संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्का गएको बिहीबार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट रिहा भएलगत्तै प्रहरीले पुनः पक्राउ गरेको थियो ।

शैक्षिक संस्थाहरु बन्द गर्ने विषयमा कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पैडेलले बताए । उनले केही असहज परिस्थिति भएको खण्डमा आफूहरु सुरक्षा र सहजीकरणका लागि तयार रहेको बताए । गएको महिना कम्युनिष्ट विद्यार्थी अभियान–२ उद्घाटन गर्ने क्रममा तम्घासको एक विद्यालयबाट जिल्ला सचिव विक र जिल्ला सदस्य खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: