
काठमाडौं– सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश जारी गरेको छ । फिल्म निर्माता तथा निर्देशक छबिराज ओझाकी श्रीमती पोखरेललाई उच्च अदालत पाटनको आदेशविरुद्ध प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलाशले तत्कालन पक्राउ नगर्न प्रहरीका नाममा आदेश जारी गरेको हो ।
छबिराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त गौशालाले काठमाडौं जिल्ला अदालतको अनुमतिमा छबि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
कमेन्ट गर्नुहोस्
