घर बनाउनेले अब पछुताउनुपर्दैन : ‘मेरो घर’ आईपुग्यो पोखरा

Share:

बिग न्यूज
पोखरा, १ भदौ । घर बनाउनको लागि व्यवसायिक रुपमा काम गर्दै आएको आर्किटेक्टहरुको समूह ‘मेरो घर’ले पोखरामा पनि आफ्नो व्यवसाय विस्तार गरेको छ ।

बिगत २ वर्ष देखि काठमाण्डौको बानेश्वरबाट सेवा दिईरहेको मेरो घरले पोखराबाटसेवा दिन सुरु गरेको हो । चितवन शाखा पनि चाँडै संचालनमा आउने कम्पनीले जनाएको छ ।

पोखराको शान्तिनगरमा मेरो घरको कार्यलयबाट सेवा दिन सुरु भएको मेरो घर पोखराका निर्देशक दयाराम भण्डारीले जानकारी दिए ।

भण्डारीले भने –‘घर निर्माण भनेको लगानीको परियोजना मात्र होइन, यो त सुन्दर सपनाको परियोजना पनि हो । लगानी गरेर मात्रै पनि सुन्दर घर निर्माण हुन सक्दैन । त्यसैले कस्तो जग्गामा कस्तो घर बनाउने भन्ने सल्लाह सुझाव, डिजाइन र डेकोरेसन सहित घर निर्माणका बेला पर्ने समस्याको समाधान दिने हाम्रो उद्देश्य हो ।’

अहिले घर निर्माणको क्रममा निर्माणकर्तालाई आई पर्ने दुविधा, झण्झट, ढिलासुस्ती चिरेर ‘मेरो घर’ले निर्माणकर्तालाई सुन्दर घरको नमुना दिने गरि पोखरामा आफूुहरुले सेवा सुरु गर्न लागेको निर्देशक भण्डारीले बताए ।

‘नेपालीका लागि घर नै जिन्दगी हो । यद्यपि घर बनाउँदा उचित परामर्श नपाउँदा जीवनभर पछुताउनु परेकाहरु धेरै छन् । हामी घर बनाउँदा कोही पनि पछुताउन नपरोस् भन्ने कुरामा सचेत छौँ ।’ भण्डारीले अगाडी थपे ।

जिन्दगी भरको सोच नै नेपालीहरुको घर बनाउने हुन्छ । तर जिन्दगीभर घरका लागि सोचीरहेको मानीसले घर बनाउने बेलामा सोच विचार नपुर्याउदा दुख पाईरहनुपरेको सन्दर्भलाई लक्षित गर्दै मेरो घरले उपभोक्ताहरुलाई विना झण्झट सम्पुर्ण सुबिधा दिदै आएको पोखरा शाखाका निर्देशक भण्डारीले जानकारी दिनुभयो ।

पोखरा शाखा सुरुवात गरेको अवसरमा मेरो घरले आफ्ना सेवा सुविधामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको निर्देशक भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्
Share: