पीएसजी रेनससंग पराजित

Share:

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अप्रत्यासित हार ब्यहोरेको छ । आईतबार राति भएको खेलमा पीएसजी टोली रेनससंग २–१ गोल अन्तरले पराजित भएको हो ।

खेलमा अग्रता पीएसजीले ३६ औ मिनेटमा ईडिन्सन काभानीको गोलबाट लिएको थियो । रेनसका कप्तान दामिन डी सिल्भाको ब्याक पास मिस हुदाँ काभानीले गोल गर्न सफल भएका थिए । पीएसजी मुख्य नेयमार बिना मैदान उत्रिएको थियो ।

४४ औ मिनेटमा मबय नियांगले गोल गर्दै घरेलु टोली रेनसलाई बराबरीमा ल्याएका थिए । ४८ औ मिनेटमा रोमेन डेल क्यासटिलोले रेनसका लागि विजयी गोल गरे ।

कमेन्ट गर्नुहोस्
Share: