
स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ६८ वर्षीय वृद्धलाई १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ गरेको छ । वृद्ध र किशोरीको परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।
किशोरीको गोपनीयतामाथि मध्यनजर गरी परिचय नखुलाइएकाे भण्डारीले बताए । पक्राउ परेका वृद्धमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
