यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

Share:

काठमाडौं । आज  देशका विभिन्न ठाउँमा पानी पर्ने तथा केही ठाउँमा भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसम महाशाखाका अनुसार आज दिउँसो मध्य र पश्चिमका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ। यस्तै राति मध्य र पश्चिमका केही स्थानमा हल्कादेखि मध्यमसम्म र एक/दुई ठाउँमा ठूला पानी पर्ने सम्भावनसमेत रहेको महाशाखाले जनाएको छ।

भाद्र ३ गते मंगलबार

दिउँसो : देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरूमा तथा पूर्वको थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राति : देशभर सामान्यतया बदली रही मध्य र पश्चीमी क्षेत्रका केहि स्थानहरूमा तथा पूर्वको थोरै स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमि तथा मध्य भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र ४ गते बुधबार

दिउँसो : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भूभागको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र ५ गते विहिबार

दिउँसो : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही पूर्व र मध्य क्षेत्रका केहि र पश्चिमी क्षेत्रका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति : देशका धेरैजसो स्थानहरूमा सामान्यतया बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्
Share: