अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

Share:

पाल्पा । अरिङ्गालको टोकाइबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । तानसेननगरपालिका– १२ बौघापोखराथोकका २१ वर्षीय हेमबहादुर रानाको मंगलबार अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।

आफ्नो घर नजिकै रहेको रुखमा अरिङ्गालको गोलो पोल्न गएका रानालाई अरिङ्गालले टोकेर घाइते बनाएको थियो । घाइते रानाको उपचारको क्रममा युनाइटेड मिशन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: