भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

Share:

काठमाडौं – नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा भाग लिन भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर नेपाल आएका छन्

जयशंकर बुधवार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका हुन् । उनलाई परराष्ट्र सचिव शंकरदास बैरागीले स्वागत गरे ।

बंगलादेशको तीन दिने भ्रमणमा रहेका जयशंकर ढाकाबाट सिधै काठमाडौं आएका हुन् । विदेशमन्त्रीस्तरीय उक्त बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेतृत्व गर्नेछन् ।

तीन वर्षपछि हुन लागेको नेपाल–भारत संयुक्त आयोगको बैठक बुधवारदेखि राजधानीमा शुरू हुँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: