
अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भने ३ जना घाइते भएका छन् ।
दुर्घटनामा परी एकजनाको घटना स्थलमै र अरु दुई जनाको उपचारका क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको हो।
दुर्घटना स्थलमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियारले मृत्यु भएको थियो भने उपचारका क्रममा बान्नीगढी जयगढ गाउँपालिका–४ कै काले परियार र बैतडी घर भइ हाल अछाममा सवारी चालकको काम गर्दै आएका लाल बोहराको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।
मुजाबगरबाट जयगढ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप जयगढ माझेठाना सडक खण्डअन्तर्गत सुकिबाग डिल्ली बजार नजिक बुधबार साँझ सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का तर्क तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिकाका सवारी चालक जँङिर चौधरी, कैलालीको धनगढी उपमहानगरपालिकाका घनश्याम चौधरी रहेका छन्। उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
